५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

इटहरी उद्योग वाणिज्य सङ्घमा भीम पौडेल निर्वाचित

१६ असार, इटहरी ।  इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भीम पौडेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनाअनुसार पौडेल दुई हजार ९०४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी शैलेश विष्टले एक हजार ७७८ मत प्राप्त गर्नुभयो ।

वाणिज्य सदस्यमा विष्णुप्रसाद रिजाल, अनिल सुब्बा, जीवन पराजुली, पीताम्बर पोखरेल, नवराज काफ्ले, खगेन्द्र विमली, रामकुमार श्रेष्ठ, रामहृदय राय र अशोक अग्रवाल निर्वाचित हुनुभएको छ । यस्तै उद्योगतर्फ दिवस पोखरेल, मुक्ति दाहाल, विष्णुनारायण डाँगी र लक्ष्मण हुमागाईं तथा महिला सदस्यतर्फ गायत्री भण्डारी र शोभा कोइराला निर्वाचित हुनुभएको छ ।रासस

प्रकाशित मिति : 20:32