७ वर्षीया बालिका बलात्कार गर्ने मदन बादी पक्राउ
१६ असार, अछाम । अछाममा सात वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बालिका जबर्जस्ती बलात्कार गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का मदन बादीलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई एक्लै भएको मौका छोपी आइतबार १ः३० बजेतिर मुख च्यापेर जबर्जस्ती बलात्कार गर्न लागेको अवस्थामा स्थानीयवासीले देखेपछि बादीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासीले टेलिफोनमार्फत जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरी बालिकाका बुबाले दिएको किटानी जाहेरीका आधारमा निज मदन बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आरोपी बादीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जबर्जस्ती करणी उद्योग मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 20:03









