२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

नेपाल–चीन उद्योग वाणिज्य सङ्घमा त्रिभुवनधर तुलाधर

१६ असार, काठमाडाैँ । नेपाल–चीन उद्योग वाणिज्य सङ्घको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्वाचित हुनुभएको छ । सङ्घको आज यहाँ सम्पन्न २०औँ वार्षिक साधारणसभाले तुलाधारलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभूषण चाकुवाजी, महासचिव विवेक पौडेल र कोषाध्यक्ष जगतबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यमा अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्रलाल प्रधान, हुवाङ एर टोङ, लीमा अधिकारी, मदन मित्तल, मनिस राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रवीन श्रेष्ठ, राजेन्द्रमान शेरचन, विक्रम पाण्डे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमितकुमार अग्रवाल तथा ज्ञानेन्द्ररत्न तुलाधर निर्वाचित हुनुभएको सङ्घका महासचिव विवेक पौडेलले जानकारी दिनुभयो ।

नेपाल तथा चीनबीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवद्र्धनका लागि सन् १९९९ मा सङ्घको स्थापना भएको हो । नवनिर्वाचित अध्यक्ष तुलाधारले चीनका विभिन्न सङ्घ सङ्गठनसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डल आदान–प्रदान, व्यापार मेलामा सहभागिता जनाइ दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताउनुभयो ।रासस

प्रकाशित मिति : July 1, 2019 at 6:47 pm