५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

असेमान एयरलाइन्सको विमान दुर्घटनामा ६६ जनाको मृत्यु


६ फागुन, काठमाडौँ । इरानमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको ज्यान गएको छ । जाग्रोस पहाडी क्षेत्रमा असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै दुर्घटनामा परेको थियो । जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । विमानमा एउटा बच्चा सहित ६० जना यात्रु थिए भने चालक दलका ६ जना रहेको सरकारी अधिकारीले बताएका छन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार १९:५७