४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिनुपर्छः मुख्यमन्त्री गुरुङ

३१ जेठ, दमाैली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा निर्माण गरिएको भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्रदानका लागि सक्षम रहेको प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो ।

prithibi subba gurung

मुख्यमन्त्री गुरुङले अहिलेको शिक्षा प्रणाली महंगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र पूर्वाधार निर्माण चुनौतीको विषय रहेको बताउनुभयो । उहाँले अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेको बताउँदै भन्नुभयो, “ शिक्षा प्रणालीले प्रमाणपत्रधारी विद्यार्थी मात्रै उत्पादन ग¥यो । हातमा सीप भएको जनशक्ति उत्पादन गर्न सकेन ।”

मुख्यमन्त्री गुरुङले प्राविधिक जनशक्ति उत्पादनका लागि गण्डकी प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि शुरु हुने बताउनुभयो । गुरुङले नेपालमा गफ धेरै र काम थोरै गर्ने प्रवृत्ति हाबी रहे पनि प्रदेश सरकार काममा विश्वास गर्ने भएकाले त्यहीअनुसार अघि बढेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद आशा कोइरालाले दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकामा जोड दिनुभयो । योङ लिभिङ फाउण्डेशनको आर्थिक सहयोगमा रु एक करोड ६० लाखको लागतमा भवन निर्माण गरिएको हो । फाउण्डेशनका नेपाल प्रतिनिधि सुवास सिंहले भवन निर्माणका लागि विद्यालयकोतर्फबाट सकारात्मक सहयोग प्राप्त भएको बताउनुभयो । १६ कोठे भवनमा कक्षा १ देखि ५ सम्म अध्ययन गराइने विद्यालयका प्रधानाध्यापक धु्रवकुमार मल्लले बताउनुभयो ।रासस

प्रकाशित मिति : 14:43