७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त, को हुन खनाल ?

२७ चैत, काठमाडौँ । सशस्त्र प्रहरीको महानिरीक्षक (आइजी)मा एआइजी शैलेन्द्र खनाल नियुक्त भएका छन । मंगलबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले एआइजी खनाललाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । खनाल एआइजीमा बढुवा हुँदा एक नम्बरमा रहेका थिए ।


को हुन खनाल
खनाल आफ्नो ब्याचबाट एक्लै एआईजी बनेका थिए भने उनका सहयात्री ३ जना ११ महिनापछि मात्रै एआईजीमा बढुवा भएका थिए । कार्य सम्पादन मुल्याकन र संगठन हाक्न सक्ने क्षमता र बरिष्ठताको आधारमा खनाल एक नम्वरमा रहेका थिए । खनाल एआईजी भएदेखि नै मानवस्रोत विकास विभागमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार २०:१६