१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

घुसको अड्डा मानिने मालपोतबाट धर्मराज सुवेदी र ओमबहादुर सुनार एक लाख घुससिहत पक्राउ

२७ चैत, सुर्खेत । सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत कार्यालय सुर्खेतमा कार्यरत दुई कर्माचारी  पक्राउ परेका छन् । सो कार्यालयका मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा दुई लाख रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

मोहीबापत प्राप्त हुने जग्गाको नियमानुसार हुने कामलाई नगरी दुःख हैरानी दिएको साथैै काम छिटो छरितो गरी दिने भन्दै रु दुई लाख मागेपछि विशेष सूचनाका आधारमा आयोगको टोलीले सो रकमसहित दुबै जनालाई पक्राउ गरेको सूचना अधिकारी सापकोटाले बताए ।

प्रकाशित मिति : April 10, 2018 at 7:20 pm