चीनसँगको सहमति कार्यान्वयन हुन्छः नेता नेपाल
२७ चैत, काठमाडौं । नेकपा (एमाले) नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् ।

नेपाल सांघाइ को–अपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन पुगेका नेता नेपालले चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दै चीनसँग नेपालले गरेका सहमति र सम्झौताको कार्यान्यवन गर्ने बताएका उनको सचिवालयले जानकारी दिएको छ ।
‘वान बेल्ट एण्ड रोड’ मा नेपालले सम्झौता गरिसकेको उल्लेख गर्दै एमाले विदेश विभागका प्रमुखसमेत रहेका नेता नेपालले यसबाट नेपालले लाभ लिने बताए ।
उच्च अधिकारीसँगको भेटमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र नेकपा (माओवादी केन्द्र) बीच हुन लागेको एकताले चीन खुशी भएको उनले बताए ।
। नेता नेपाल शुक्रबार स्वदेश फर्कने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए ।
प्रकाशित मिति : April 10, 2018 at 6:50 pm







