४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

सात वर्षीया बालिका बलात्कार गर्ने तिनकुनेका पूर्व प्रहरी राजु खरेल जेल चलान

२८ जेठ, काठमाडौं । सात वर्षीया बालिका बलात्कार गर्ने तिनकुनेका पूर्व प्रहरी राजु खरेल जेल चलान भएका छन । जिल्ला अदालत काठमाडाैँले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो । घरमा काम गर्ने रामेछापकी माझी थरकी महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेर खरेल फरार भएका थिए ।

परिवारका सदस्यले खरेलले बलात्कार गरेको विषय जानकारी पाएर क्रस्चियन धर्मको अाडामा बलात्कारको घटना गुपचुप मिलाउने गरेको कोशिश असफल भएपछि उनी फरार भएका थिए । उनी भागेर पनि धेरै टाढा जान सकेनन् कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेर ल्यायो । खरेलले कर्तुत स्वीकार गरेका छन भने उनको परिवारले अारोप अस्वीकार गर्दै अाएको छ ।

अदालतको आदेशपछि खरेललाई केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्ले जानकारी दिएका छन । खरेलविरुद्ध १८ वैशाखमा बालिकाकी आमाले किटानी जाहेरी दिएकी थिइन् ।

यो पनि पढ्नुहोस

–काठमाडाैँमा ७ वर्षीय बालिका बलात्कार गरेर भागेका पूर्व प्रहरी खरेल कञ्चनपुरबाट पक्राउ

––काठमाडाैँकाे तिनकुनेमा ७ वर्षीया बालिका बलात्कृत, आराेपी राजु खरेल फरार

प्रकाशित मिति : 19:25