४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

भ्यानले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, २ जनाकाे अवस्था गम्भीर

२८ जेठ, मोरङ । मोरङकाे धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक भ्यानको ठक्करबाट १ जनाको ज्यान गएकाे छ भने २ जना घाइते भएका छन् । रंगेली-बिराटनगर सडक खण्डमा बिहान एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका-४ बस्ने १२ वर्षिय मोहमद जवार, १८ वर्षिय मोहमद कैफ र १५ वर्षिय अफसार अन्सारीलाई ठक्कर दिएको थियो ।

भ्यानकाे ठक्करबाट गम्भीर घाइते तिनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर ल्याइएकाे र उपचारको क्रममा मोहमद जवारको भने मृत्यु  भएकाे प्रहरीले जानकारी दिएकाे छ । २ जनाको भने उपचार भैरेहेकाे इलाका प्रहरी कार्यालय रंगेलीले जनाएकाे छ । ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका-७ बस्ने वर्ष २२ को गोविन्दप्रसाद अधिकारीलाई पक्राउ गरेकाे प्रहरीले जनाऐकाे छ ।

प्रकाशित मिति : 13:16