९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

स्विजरल्याण्डको जेनेभामा रहनुभएका प्रधानमन्त्री द्धिपक्षीय भेटवार्तामा व्यस्त

२८ जेठ, काठमाडाैँ । युरोप भ्रमणका क्रममा स्विजरल्याण्डको जेनेभामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार त्यहाँस्थित राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भयो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई तथा परराष्ट्र सचिव शङ्करदास वैरागीको उपस्थिति थियो ।

GENEVA, SWITZERLAND – JUNE 10 : Turkish Vice President Fuat Oktay meets with Prime Minister of Nepal Sharma Oli ahead of high-level International Labor Conference organized by International Labour Organization in Geneva, Switzerland on June 10, 2019.
(Photo by Muhammet Fatih Ogras/Anadolu Agency/Getty Images)

प्रधानमन्त्री ओलीको स्वीस महासङ्घका काउन्सिलरसमेत रहनुभएका स्विजरल्याण्डका वर्तमान गृहमन्त्री आलेँ बेरसे र नर्वेका प्रधानमन्त्री एर्ना सोल्वर्गसँग सोमबार नै भेटवार्ता गरेका छन । रासस

प्रकाशित मिति : 07:35