सीओडी नेपालद्धारा तिलगंगा-गुहेश्वरी सडकखण्डकाे सरसफाई सम्पन्न
२७ जेठ, काठमाडाैँ । “हामी अनि हाम्रो देश संगसंगै: परिवर्तन सम्भव छ, अब हामी गर्छौ” भन्ने मुल नाराकासाथ स्थापना भएको फेसबुक ग्रुप क्रियु अफ् ड्रिम्स(सीओडी) नेपालले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सीओडी नेपालले शनिबार तिलगंगा-गुहेश्वरी सडकखण्डकाे सरसफाई गरेकाे हाे ।

तिलगंगा-गुहेश्वरी सडकखण्ड पछिल्लाे समय प्रदुषित बन्दै गइरहेकाे अवस्थामा युवाहरुले स्व-स्फुर्त रूपमा सरसफाई गरिरहेका छन् ।
सीओडी नेपालले पशुपती विकास कोषसँगकाे समन्वयमा ६ हप्तादेखि सरसफाई गर्दै आइरहेका छन् । भखरै युवा अवस्थामा प्रवेश गरेका युवा-युवतीहरुको जमातले “परिवर्तन सम्भव छ, अब हामी गर्छौ भन्ने मुल नाराका साथ शनिबार छैठौँ हप्ताको कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेका हुन् । तिलगंगा-गुहेश्वरी पहिलाको भन्दा एकदमै सफा र स्वच्छ देखिएको स्थानिय बताउछन् ।

सीओडी नेपालले यस क्षेत्रलाई फेरि सफा र स्वच्छ बनाउन आफ्नो ड्रिम प्रोजेक्टकाे रुपमा कार्यक्रम राखेको कार्यक्रममा सहभागी भएका आकास शर्माले बताए ।

प्रकाशित मिति : 19:35









