कोरियन भाषा परीक्षा सकियो, ८४ हजार २ सय १५ जना सहभागी, ८ हजारले परीक्षा दिएनन्
२६ जेठ, काठमाडाैँ । रोजगारीका लागि दक्षिण कोरिया जान लिइने कोरियन भाषा परीक्षा सकिएको छ । परीक्षामा ८४ हजार २ सय १५ जना युवाले सहभागीता जनाएका छन । ८ हजार १ सय ४१ जना युवाले फारम भरेर पनि परीक्षामा सहभागिता जनाएनन् । शनिबार र आइतबार भाषा परीक्षा लिइएको थियो । कोरिया रोजगारीमा सन् २०२० मा जानका लागि ९२ हजार ३ सय ५२ जना युवाहरूले आवेदन दिएका थिए ।

परीक्षाका क्रममा अमर्यादित काममा संलग्न र अरुको परीक्षा दिन आएका गरी १ सय ५६ जना नक्कली परीक्षार्थी पनि पक्राउ परेका छन् । सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई छनोट गर्नेछ। यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि क्षेत्रमा ३ हजार युवाको नाम प्रकाशित हुनेछ। परीक्षाको नतिजा असार १३ मा प्रकाशित हुनेछ।

प्रकाशित मिति : 18:13







