४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

रुपन्देहीमा मदिरा सेवन गरी एक युवकलाई साथीले नै कुटीकुटी मारे

२६ जेठ, बुटवल । रुपन्देहीकाे एक हाेटलमा मदिरा सेवन गरी विवाद हुँदा एक युवकलाई साथीले नै कुटीकुटी मारेका छन् । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापा लाई साथीहरुले हत्या गरेकाे प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका थापाको निधार र छातीमा निलडाम भेटिएको थियो भने देवदह मेडिकल कलेज भलुहीमा उपचारका क्रममा  मृत्यु भएकाे प्रहरीले जनाएकाे छ  ।

प्रहरीले थापाको हत्यामा संलग्न रहेकाे आशंकामा ५ जनालाई नियन्त्रणमा लिएर  इलाका प्रहरी कार्यालय, बुटवल ल्याइएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 18:04