४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

इटाभट्टामा काम गर्ने युवतीलाई बलात्कार गर्ने नेकपाका नेता श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान

२५ जेठ, काठमाडाैँ । ओखलढुंगाका नेकपाका एक स्थानीय नेता इटाभट्टामा काम गर्ने युवतीलाई बलात्कार गरेको अभियोगमा पूर्पक्षका लागि कारागार चलान भएका छन ।  एक जनप्रतिनिधिलाई जेल चलान गरिएको छ । जिल्लाको लिखु गाउँपालिका-३ का वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । श्रेष्ठ स्थानीय निर्वाचनमा नेकपाबाट उमेद्वार बनेर निर्वाचित भएका वडा सदस्य हुन् ।

अदालतको आदेशसँगै वडा सदस्य श्रेष्ठलाई कारागार पठाईएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिएका छन । वडा सदस्य श्रेष्ठ आफैले नर्मदेश्वरमा सञ्चालन गरेको इटाभट्टामा कामगर्ने एक कामदार युवतीलाई कारखानामै चैत ७ गते बलात्कार गरेका थिए । बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गते देखी नै आफुले प्रयोग गर्ने फोन बन्द गरेर सम्पर्क बिहिन भएका थिए । त्यसको २ महिनापछि प्रहरीले हर्कपुरबाट उनलाई पक्राउ गरेको थियो । नयाँपत्रिका दैनिकबाट

प्रकाशित मिति : 09:38