मोरङमा बसले दुईवटा मोटरसाइकललाई ठक्कर दियो, चार जनाको अवस्था गम्भीर
२५ जेठ, काठमाडाैँ । मोरङको विराटनगरमा बसले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा चारजना घाइते भएका छन । दुर्घटनामा घाइते भएका चार जनाकै अवस्था गम्भीर रहेको छ । विराटनगरबाट भोजपुरको लागि छुटेको को १ ख ३८०५ नम्बरको बसले को २१प ४३२४ र स८प २११७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सावार चारै जना घाइते भएका हुन भने उनीहरूको अवस्था गम्भीर रहेको छ । घाइतेको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घाइतेहरुको विराट मेटिकल कलेजमा उपचार भैरहेको छ ।
प्रकाशित मिति : 09:14







