माइतीघरमा कार र मोटरसाइकल ठोक्किदाँ नयाँबानेश्वरका आयुषराज पाण्डेको मृत्यु
२५ जेठ, काठमाडाैँ । काठमाडाैँको माइतीघरमा कार र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। शुक्रबार राति भएको दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक काठमाण्डौ नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका पाण्डेको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि बसेका तेह्रथुम घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रकाशित मिति : 08:49









