सर्वोच्च अदालतको मुद्दा मिलाउन जम्मा दुई हजार घुस, पक्राउ परे मालपोतका नासु चन्द्रबहादुर श्रेष्ठ
२४ जेठ, काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुईजनालाई घुससहित रंगेहात पक्राउ गरेको छ । सर्वोच्च अदालतमा विचाराधिन मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट २ हजार घुस खाइरहेको अवस्थामा आयोगको टोलीले चाबहिलस्थित मालपोत कार्यालयका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो । आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यालय परिसरबाटै श्रेष्ठलाई पक्राउ गरेको हो ।

आयोगका सहसचिव कालीप्रसाद पराजुलीका अनुसार श्रेष्ठले सेवाग्राहीको विवादित जग्गाको सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गर्ने भन्दै घुस मागेका थिए। श्रेष्ठलाई सेवाग्राहीसँग घुस बापत रकम लिइसकेको अवस्थामा उनकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ। बिहीबारमात्रै घुससहित दुई जना प्रहरीलाई महोत्तरी र रुपन्देहीबाट पक्राउ अायोगले पक्राउ गरेको थियो ।
प्रकाशित मिति : 18:35









