४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

२४ जेठ, रसुवा । रसुवागढी नाका जोड्ने सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि पानी परेको कारण सडक खण्डमा हिलोमाटो जम्मा भएपछि सडक अवरुद्ध भएको हो ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रहरी चौकीदेखि स्याफ्रुसम्म आउने सडकमा आएको भेलले सडक माथिबाट बगाई ल्याएको हिलोमाटो जम्मा भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो । सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 14:00