४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

पुरुष सरह ज्याला पाउँदा महिला खुशी

२३ जेठ, लङ्गा । पातारासी गाउँपालिका– ४ का महिला पहिलोपटक पुरुषसरह ज्याला पाउँदा निकै हर्षित भएकी छिन् । यतिबेला पातारासी गाउँपालिका– ४ मा विउरेनी जलविद्युत्को काम निरन्तर भइरहेको छ । त्यहाँ काम गर्ने महिला पुरुष दुवैले एक दिनको रु ६०० का दरले ज्याला पाउने गरेका छन् । पहिलोपटक पुरुष बराबरको ज्याला पाउँदा निकै हर्ष लागेको पातारासी– ४ का स्थानीय जौकला बुढाले बताउनुभयो । टुकी र झरो बालेर रात कटाउने स्थानीयवासी झिलिमिली बत्ती बाल्ने सपनामा निर्माण कार्यलाई सक्रियतापूर्वक निरन्तरता दिइरहेका छन् ।

बत्ती बाल्ने सपना साकार पार्न तन मनका साथ काम गरिरहेको पातारासी– ४ कि चद्रशीला ऐडीले बताउनुभयो । महिला पुरुषभन्दा कमजोर हुन्छन् भन्ने भ्रमलाई चुनौती दिँदै आफूहरुले पुरुषसरह काम गर्ने सामथ्र्य देखाएको स्थानीयवासी बिजु बोहोराले बताउनुभयो । विसं २०७२ देखि शुरु भएको विद्युत्को काम ९५ प्रतिशत सकिएको र ५ प्रतिशत मात्रै बाँकी रहेकाले जेठको अन्तिमतिर बत्ती बालिसक्ने विउरेनी उपभोक्ता समितिले जनाएको छ ।रासस

प्रकाशित मिति : 15:29