२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

श्रीमतीलाई दुख मात्रै दिने यी ३ राशी भएका खराब श्रीमानहरू !


२३ जेठ, काठमाडाैँ । ज्योतिष शास्त्रले कुन-कुन राशी बिचको सम्बन्ध राम्रो हुन्छ भन्ने विषयमा बताउने गर्छ । ज्योतिष शास्त्र अनुसार पत्नीको लागि सबै भन्दा मकर, सिंह र कन्या राशिका पुरुषहरु सर्वश्रेष्ठ पतिको श्रेणीमा आउने गर्छन् । ज्योतिष शास्त्रले निम्न राशी भएका पुरुषहरुलाई पतिको श्रेणीमा पछाडी राखेको छ। सबै भन्दा खराब पति मानिने यी राशी हुन ।

मीन राशी

यस राशी भएका पतिहरु आफ्नो श्रीमतीमा खोट देखाउन धेरै खप्पिस हुने गर्छन्। साथै सजिलै खुसि नहुने बानिको कारण पनि आफ्नो श्रीमतीलाई धेरै रिस पनि देखाउने गर्छन् । अरुलाई पटक-पटक दोष लगाउने बानीको कारण श्रीमतीहरु यस राशी भएका पतिहरुसँग खासै खुसि नहुने गर्छन् । नम्र व्यवहारक हुने भएता पनि यस राशी भएका पुरुषहरु श्रीमतीको हरेक कदममा शंका पनि गर्ने गर्छन्।

कन्या राशी

यस राशी हुने पतिहरु अधिक बुद्धिमान र इमान्दार मानिने गर्छन्। यस राशी भएका पतिहरु आफ्नो इच्छा अनुसार आफ्नो पत्नीमा नियन्त्रण राख्न चाहना राख्ने गर्छन्। आफ्नो पत्नी माथि मानसिक रूपबाट पनि हाबी हुने चाहना हुने हुँदा पत्नीलाई धेरै कष्ट पैदा गर्ने गर्छन् । आफ्नो पत्नीको हरेक व्यवहारमा हाबी हुने गर्नाले यस राशिका पतिहरुलाई खराब मान्ने गरिन्छ।

वृष राशी

शान्त प्रकृतिका हुने भएता पनि यस राशि भएका पतिहरु आफ़्नो श्रीमतीलाई दुख पैदा गर्ने गर्छन्। सोच्दै-नसोची आफ्नो श्रीमतीको आलोचना गर्न पछाडी नपर्ने हुँदा पतिको रुपमा वृष राशी हुनेहरुलाई खासै राम्रो मान्ने गरिँदैन। निजी कार्यमा धेरै समय बिताउने गर्दा यस राशी भएका पतिहरु आफ्नो श्रीमतीलाई कम समय दिने गर्छन्।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार ०९:५६

https://srdb.com.np/