४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

पाेखराकाे बेगनास तालमा दुई शव भेटियाे

२२ जेठ, पाेखरा । पोखरा–३१ स्थित बेगनास तालमा एक व्यक्ति मृत फेला परेका छन् । उनको नाम र ठेगाना खुल्न नसकेको गण्डकी प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ । यस्तै पोखरा–६ गौरीघाटस्थित रत्नमन्दिरको प्रवेशद्वार अगाडि फेवा तालमा सिन्धुपाल्चोकको बाँणे गाउँका २७ वर्षीय थविन्द्र कोइरालाको शव फेला परेको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : 20:58