४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

खैरो हेरोइनसहित एक पक्राउ

२२ जेठ, हेडाैँडा ।  लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटाैँडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको खल्तीभित्र सुर्तीको प्याकेटमा लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोइन सात ग्राम बरामद गरेको हो । पक्राउ परेका परियारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति : 20:21