दुर्घटनाकाे दाेसीलाई बचाउन १० लाख घुस लिने गैंडाकोटका इन्सपेक्टर लोकबहादुर जिसी पक्राउ
२२ जेठ, काठमाडौं । गैंडाकोटकाे इलाका प्रहरी कार्यालयका इन्सपेक्टर लोकबहादुर जिसी १० लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् । गत बैशाख ११ गते गैंडाकोटमा भएको दुर्घटनामा नक्कली चालक खडा गरेका इन्सपेक्टर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएपछि पाण्डेलाई जेलबाट बचाउन उनले किसनु महतोलाई चालकका रुपमा खडा गरेका थिए । नक्कली चालक खडा गरेवापत उनले १० लाख रुपैयाँ लिएका थिए । यससम्बन्धि उजुरी परेपछि आयोगले छानबिन गर्दा नक्कली चालक खडा गरेको पुष्टि भएको हो ।
प्रकाशित मिति : 15:50









