२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एकदिवसीय विश्वकप क्रिकेटः श्रीलंकाको पहिलो जित, अफगानिस्तान ३४ रनले पराजित

२२ जेठ, काठमाडाैँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले दोस्रो खेलमा पहिलो जित हात पारेको छ । श्रीलंकासँगको खेलमा अफगानिस्तान ३४ रनले पराजित भयो । पहिलो खेलमा न्यूजिल्याण्डसँग १० विकेटले पराजित श्रीलंकाले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित हात पारेको हो ।

वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको खेलमा १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा १५२ रनमा समेटिएपछि श्रीलंकाको ३४ रनको जित निश्चित भएको हो । यो श्रीलंकाको उत्कृष्ट पुनरागमनसहितको जित हो । अफगानिस्तान भने विश्वकपमा अझै जितको खोजीमा छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार ०९:१९