२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

आज अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित तीन दिनसम्म पानी पर्ने


२२ जेठ, काठमाडाैँ । भारतको उत्तर प्रदेश, पश्चिम बंगाल, विहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले बुधबार देशका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  श्चिमी वायुको प्रभावले बुधबार काठमाण्डौ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन ।

 पश्चिमको तुलनामा मध्य र पूर्वको धेरै ठाउँमा पानी पर्नेछ । अहिले प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मैसमविद गंगा नगरकोटीले बताए । पानी परेपछि देशभरी नै अधिकतम तापक्रम घटेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार ०९:०६