४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

तनहुँमा मोटरसाइकलले ठक्कर दिँदा विद्यालयबाट घर जाँदै गरेकी ५ वर्षीया बालिकाको मृत्यु

२१ जेठ, तनहुँ । मोटरसाइकलको ठक्करबाट मंगलबार तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका १ गुणादीकी पाँच वर्षीया निशा आले रहेकी छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश ३–३–०२–००६ प २५२६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा रत्नहरि अस्पताल दमौलीमा मृत्यु भएको उनले बताए । तीब्र गतिमा अाएकाे मोटरसाइकलले विद्यालयबाट घरतर्फ जाँदै गरेकी बालिकालाई ठक्कर दिएकाे लामिछानेले जानकारी दिए । गोरखा पालुङ्टार नगरपालिका ६ का चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

प्रकाशित मिति : 18:56