डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने कृष्ण रोक्का पक्राउ
२१ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिका-१ स्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनाम पार्न खोज्ने सोही स्थान बस्ने ४० वर्षीय बाबु कृष्ण रोक्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा६७ प १३३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रोक्काले मादक पदार्थ सेवन गरेको पाइएपछि कारवाहीबाट बच्न प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै रोक्कालाई नियन्त्रणमा लिने क्रममा उनका साथी बा९५ प ६४१२ नम्बरको स्कुटर चालक सोही स्थान बस्ने २६ वर्षीय सुमन थापाले प्रहरीमाथि अभद्र ब्यवहार गरेकोले थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनले समेत मादक पदार्थ सेवन गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : 13:55







