वेवारिशे अवस्थामा रहेको भरुवा बन्दुक बरामद
२१ जेठ, सुर्खेत । सुर्खेलकाे पंचपुरी नगरपालिका-७ पैसरा स्थित सामुदायिक वनमा वेवारिशे अवस्थामा भरुवा बन्दुक १ थान फेला परेकाे छ ।उक्त भरूवा बन्दुक सोमबार दिउँसो प्रहरीले बरामद गरेको हाे । प्रहरी चौकी डाँडाछाप्रेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : 12:30









