२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

चिउरा अड्किएर ११ वर्षीय बालकको ज्यान गयो, स्कुलले लापरबाही गरेको स्थानियकाे आरोप 


२१ जेठ, माेररङ ।  माेरङका कक्षा ३ मा अध्ययनरत ११ वर्षीय बालक आर्यन माझीको स्वास नलीमा चिउरा अड्किएर मृत्यु भएको छ ।  मोरङको कानेपोखरी गाउँपालिका–५ रमाइलो बजार नजिकै रहेको मकालु मोरङ इङलिस स्कुलमा अध्ययनरत विद्यार्थीको मृत्यु भएकाे हाे । बालकका आफन्तले समयमै अस्पताल नपुर्‍याउनु विद्यालयको लापरवाही मानेका छन् ।

कानेपोखरी– ५ जहदामा हजुरआमासँग बस्दै आएका माझीले दिउँसो टिफिनमा खाजा खाएपछि विरामी परेका थिए । आर्यनले टाउको दुख्यो भन्दै बान्ता गरेपछि शिक्षकले अफिसमा लगेका थिए र उनले पटकपटक बान्ता गरे पनि शिक्षकहरूले नजिकै मेडिकल हल भए पनि  बालकलार्इ मेडिकल नपुर्याउँदा मृत्यु भएकाे हाे ।

आफै फ्लेक्जोन खुवाए र प्रिन्सिपल टेइन्द्रकुमार बास्तोला कक्षा कोठातर्फ लागे र ४० मिटेको कक्षा सकिएपछि अफिस आउँदा आर्यन बेहोस भइसकेका थिए । उनले अस्पताल लैजान एम्बुलेन्स बोलाए । बच्चा विरामी भएको डेढ घण्टापछि साढे ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइयो । एक घण्टाको प्रयासपछि अस्पतालले बालकलाई मृत घोषणा गर्‍यो ।

११ वर्षिय बालक मावलमा बसेर पढ्दै आएका थिए । उनका बुबा सम्पर्कबिहीन छन् भने आमा वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेकी छन् । मावली हजुरआमासँग बसेर अध्ययन रहेका बालकको स्वास्थ्यमा स्कुलले चासो नदिँदा ज्यान गएको स्थानीय बताउँछन् ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक सुवास भट्टराईकाअनुसार बालकको मृत्यु भएपछि उनका मामा टेकबहादुर माझीले अनुसन्धानका लागि जाहेरी दिएका छन् । ‘बच्चा टिफिनमा खाजा खाइसकेपछि विरामी भएको देखिन्छ’ उनी भन्छन, ‘एक–सवा घण्टापछि एम्बुलेन्स ल्याएर धरान लगेको रहेछ ।’

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १०:५१

https://srdb.com.np/