२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पानामासँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा कोलम्बिया ३–० ले विजयी

२१ जेठ, काठमाडाैँ । पानामासँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा कोलम्बिया ३–० ले विजयी भएको छ । मैत्रीपूर्ण खेलमा कोलम्बियाले पानामालाई ३–० गोल अन्तरले पराजित गर्‍यो । कोलम्बियाको बोगटास्थित रंगशालामा भएको खेलमा घरेलु टिमको जितमा विलियन टेसिल्लो, लुइस मुरेल र रामाडेल फाल्काओले एक–एक गोल गरे ।

छैटौं मिनेटमा इड्विन कार्डोनाको फ्रिकिकलाई टेसिल्लोले हेड मार्फत गोल गरेका थिए । ३८औं मिनेटमा मुरियलले गोल गर्दै कोलम्बियाको अग्रता २–० मा लम्ब्याए । ४५औं मिनेटमा फाल्काओमाथि फल भएपछि कोलम्बियाले पेनाल्टीको अवसर पायो । यो पेनाल्टीलाई फाल्काओले गोलमा परिणत गर्दै पहिलो हाफअघि नै कोलम्बियालाई ३–० को अग्रता दिलाए । दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि कोलम्बिया ३–० ले विजयी भयो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार ०८:१८