४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

२० जेठ, बझाङ । बझाङको चैनपुरस्थित सिंखेत बसपार्कमा बस दुर्घटनाहुँदा सहचालक कुँवर सामान्य घाइते भएका छन् । महाकाली यातायात समितिको ना ७ ख ६३७१ नम्बरको बस दुर्घटना भएको हो । सहचालक लक्ष्मण कुँवरले चलाउने क्रममा बसपार्कबाट उक्त बस करिब २० फिट तल खसेको जनाइएको छ । बसमा यात्रु भने थिएनन् । उक्त बसले कर्णाली यातायातको काउण्टरमा क्षती पु¥याएको र खसेपछि बसको सीसा फुटेको बझाङ प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 20:08