४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

ललितपुरको गोदावारीमा मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु

२० जेठ, ललितपुर ।  ललितपुरको गोदावारी नगरपालिका–१४ थैवमा पानी बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा२ख ७३५४ नंको ट्याङकरले बा५०प ३६७१ नं को मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक सोही ठाउँका ४० वर्षीय शिवरत्न शाहीको मेडिसिटी अस्पताल नख्खुमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ट्याङ्कर चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : 19:06