२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

प्रेमिकाले झापड हानेर बिबाह गर्न दबाब दिँदा बदलामा प्रेमीले घाँटी थिचेर हत्या गरे

२० जेठ, भैरहवा । रूपन्देहीमा प्रेमी असिरुद्दिन मुसलमानले प्रेमीका सबनम नाउँकाे  सलले सवनमको घाँटी कसी हत्या गरेका छन् । गैडहवा गाउँपालिका–१ स्थित भुजौली बस्ने १८ वर्षिय सबनम वैशाख ३० गते राति १० बजे देखि सुतिरहेको अवस्थामा हराएकाेमा  जेठ १ गते सुख्खा खोलामा शव भेटिएकाे थियाे । गैडहवा गाउँपालिका–१ का २३ वर्षिय असिरुद्दिनसंग प्रेम सम्बन्धमा रहेकी  मृतकले अस्लमसंग पटकपटक विवाह गर्न दबाब दिँदै आएकी थिइन् ।

अहिले विहे गर्ने बेला भएको छैन भन्दै असिरुद्दिनले उक्त प्रस्ताव अस्विकार गर्दै आएका थिए ।  जेठ ३० गते सवनमले आफ्नो प्रेमीलाई बिहे गर्न नमानेको भन्दै दुई झापड हिर्काएपछि आवेगमा आएर घर नजिकै एकान्त स्थानमा बोलाई असिरुद्दिनले आफ्नो साथीको सहयोगमा  सवनमको हत्या गरी कसैले नदेखोस भनेर घाँसपातले सोही स्थानमा लास छोपेर भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक एसपी हृदय थापाले बताए ।

प्राविधिक रुपमा हेर्दा ६ महिना देखि दुई जना बीच बाक्लो फोन संवाद र पटकपटक एसएमएस भएको थियो, तर मोबाइल आफ्नो छोरीसंग छ भन्ने कुरा मृतकको बुवालाई थाहा नभएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले घटनामा संलग्न २३ वर्षिय असिरुद्धिन मुसलमान र हत्यामा सहयोग गर्ने कपिलवस्तुको वाणगंगा नगरपालिका–१० का २१ वर्षिय अस्लाम मुसलमानलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : June 3, 2019 at 6:39 pm