११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

परराष्ट्र नीतिबारे देशभित्र साझा दृष्टिकोण तयार पार्न ‘नेसनल डाइलग’ गर्दै परराष्ट्र मन्त्रालय

२०  जेठ, काठमाडाैँ । परराष्ट्र मन्त्रालयले ‘नेसनल डाइलग’ आयोजना गर्ने भएको छ । आगामी असार १४ गते देशले अवलम्बन गर्ने परराष्ट्र नीतिबारे देशभित्र एक साझा दृष्टिकोण तयार पार्ने उद्देश्यले पराष्ट्र नीतिसम्बन्धी ‘नेसनल डाइलग’ आयोजना गरिने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन ।

नयाँ संविधान जारी भएपछि उक्त संविधानले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी निर्देशक नीतिको उल्लेखसमेत गरेको सन्दर्भमा नेपालका राजनीतिक दलहरू, परराष्ट्र मामिलाका क्षेत्रमा अध्ययन तथा अनुसन्धानरत संस्थाहरू एवं परराष्ट्र मामिलाविज्ञहरू सहितका सरोकारवालाहरूको सहभागितामा सो डाइलग हुन लागेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : June 3, 2019 at 11:58 am