३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

कांग्रेसको जागरणले काम गरेन, विदुर खानेपानी संस्थामा नेकपाले क्लिन स्वीप गर्ने संकेत (मतसहित)

१९ जेठ, नुवाकोट । नुवाकोटको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका उम्मेदवारहले मतान्तर फराकिलो पार्दै लगेका छन । नेपाली कांग्रेस निकटका उम्मेदवारहरूको मत सुस्त गतिमा बढेको छ भने नेकपा निकटका उम्मेदवारको मत तीब्र गतिमा बढीरहेको छ । नेकपा निकटको प्यानलको नेतृत्व नारायण बहादुर खनालले गरेका छन भने कांग्रेस निकटका उम्मेदवरको नेतृत्व राजेन्द्र अर्यालले गरेका छन ।

आइतबार बिहानदेखि सुरू भएको मतगणनामा करिब आधा मत गणना भएर सकिदाँ नेकपा निकटका उम्मेदवारहरूले जित्ने स्पष्ट संकेत देखिएको छ । ५६२ मत गनेर सकिँदा खनालले ५५ मतान्तरमा अर्याललाइ पछि पारेका छन । नेकपाले जागरण अभियान चलाइरहेको समयमा भएको यस चुनावमा खासै प्रभाव देखिएन । सञ्चार माध्यममा सत्तारूढ दलप्रतिको असन्तुष्टिका खबर आएको जस्तो जनतामा नहरेको यस निर्वाचनले देखाएको छ ।

 

प्रकाशित मिति : 21:13