२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

संसद बैठकमा सत्तारूढ दलकै सांसद कुर्सीबाट ४ पटक लडे(भिडियाेसहित)

१९ जेठ, काठमाडाैँ ।  नेकपाका सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा ४ पटक कुर्सीबाट लडेपछि ज्यान जाेगाइ पाउँ भन्दै सभामुखलाई ध्यानाकर्षण  गराएका छन् ।  भाँचिएकाे कुर्सीका कारण आफू लडिसकेको बताउँदै उनले सभामुखमार्फत् संसद सचिवालयको गम्भीर ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा उक्त घटना घटेकाे थियाे र  सांसद अधिकारीले भाँचिएको कुर्सी नै देखाएर सभामुखलाई ध्यानाकर्षण गराएका हुन्। आफु कुर्सीबाट चार पटक लडेकाे सभामुखलाई बताउँदै अहिले सम्म दुर्घटना नभएकाले आफु बचेकाे गुनासाे गरेका छन् ।

 

भाँचिएको कुर्सीको आधी भाग उचालेर देखाउदै आगामी दिनमा यस्ता कुर्सी कम्तिमा नराखियोस भन्दै याे गम्भीर आपत्तिको विषय भएको हुनाले ज्यान जोगाई पाऊ भन्नुपर्ने अवस्था आयकाे अधिकारीले भनेका छन् ।’ उनको ध्यानाकषण संगै संसद बैठक कक्षमा हाँसो छाएको थियो। सभामुख कृष्णबहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे गम्भीर रुपले ध्यानाकर्षण भएको जनाएका थिए।

भिडियाे साैजन्यः थाहाखबरबाट

प्रकाशित मिति : June 2, 2019 at 4:44 pm