२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

बुहारीको विभत्स हत्यामा  म्यूजिक कम्पोजर उज्वलकाे मात्र हात रहेकाे प्रहरी अनुसन्धानबाट खुल्याे 

१९ जेठ, काठमाडौंं । म्यूजिक कम्पोजर उज्वल महतले खुकुरी प्रहार गरेर बुहारीको विभत्स हत्या गरेको घटनामा प्रहरीले अनुसन्धान सकेको छ ।  वैशाख २६ मा घरमा घटेकाे उक्त घटना प्रकरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाइएको  र अब सरकारी वकिलको कार्यालयले दिने राय अनुसन्धान अदालती प्रक्रिया अघि बढ्ने महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले बताएका छन् । घटनामा उज्जवलको मात्रै संलग्नता रहेको प्रहरीले  निष्कर्ष निकाले पनि अञ्जनाको माइती पक्षले भने एक जनाले मात्रै क्रुर तरिकाले विभत्स हत्या गर्न नसक्ने दाबी गर्दै परिवारका अन्यमाथि पनि अनुसन्धान गर्न माग गरेको छ।

प्रकाशित मिति : June 2, 2019 at 3:24 pm