२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

लिभरपुलले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जित्यो

१९ जेठ, काठमाडाैँ । च्याम्पियन्स लिगको उपाधि छैटौँ पटक लिभरपुलको कब्जामा परेको छ । प्रिमियर लिग प्रतिस्पर्धी टोटनह्यामलाई २–० गोलले हराउँदै लिभरपुलले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छो । सन् २००५ यता लिभरपुलको यो पहिलो ठूलो उपाधि हो । स्पेनको मड्रिडस्थित स्टाडियो वाण्डा मेट्रोपोलिटानो रंगशालामा भएको फाइनलमा खेल सुरु भएको दोस्रो मिनेटमै विवादास्पद पेनाल्टी गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो ।

पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले खेल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले दोस्रो प्रयासमा च्याम्पियन्स लिगको उपाधि दिलाए । सन् २०१५ मा लिभरपुलको प्रशिक्षक नियुक्त भएपछि लिभरपुलले जितेको एकमात्र ठूलो उपाधि यही हो । यही सिजन प्रिमियर लिगमा ९७ अंक जोडे पनि लिभरपुलले उपाधि दौडमा म्यानचेस्टर सिटीलाई पछि पार्न नसकेको थिएन । लिभरपुलले यसअघि सन् १९७७, १९७८, १९८४ र २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार ०९:१४