२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आईसीसी विश्वकप क्रिकेटः साविकको उपविजेता न्यूजिल्याण्डको विजयी सुरूवात

१८ जेठ, काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेटमा साविकको उपविजेता न्यूजिल्याण्डको विजयी सुरूवात गरेको छ । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकपको पहिलो खेलमा न्यूजिल्याण्डले हात पारेको हो । शनिबार भएकाे पहिलाे खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई १० विकेटले पराजित गर्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९ ओभर २ बलमा १३६ रन बनाउँदा अलआउट भयो । श्रीलंकाको इनिङलाई धरासायी बनाउनका लागि म्याट हेनरी र लकी फर्गुसनले ३–३ विकेट लिए । न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले ७३ रन बनाए भने कलिन मन्रोले ५८ रन जोडे । १३७ रनको कमजोर लक्ष्य न्यूजिल्याण्डले विना कुनै विकेटको क्षतिमा ३४ ओभर १ बलमा पूरा गर्‍यो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार २१:०७