नुवाकाेटकाे लिखुमा मदिरा सेवन गरी साथीमाथि चक्कु प्रहार
१७ जेठ, नुवाकाेट । नुवाकाेट जिल्लाकाे लिखु गाउँपालिका वडा नं ३ चाैखडामा साथी–साथीबिचकाे झै-झगडामा चक्कु प्रहार हुँदा एक जना घाइते भएका छन् । नुवाकाेटकाे चाैखडामा रहेको नेपाल बिधुत प्राधिकरणको टावर निर्माणमा खटिएका कामदारहरुले मदिरा सेवन गरी झगडा गरेका थिए । कन्चनपुर जिल्ला बेलौरिया नगरपालिका वडा नं २ बस्ने भरत राना ,राम मिलन राना र जिल्ला कन्चनपुर लालझडी गाउँपालिका वडा नं १ बस्ने पुरुषोत्तम राना बिच झगडा भएकाे हाे ।

झै-झगडामा भरत राना ,राम मिलन रानाले पुरुषोत्तम रानालाई चक्कु प्रहार गर्दा पुरूषाेत्तम घाइते भएका हुन् । घाइते पुरूषाेतमकाे काठमाण्डौ स्थित ग्रिनसिटी अस्पतालमा उपचार भैरहेकाे छ । घटनामा संलग्न मानिसहरु तत्काल सो स्थानाबाट फरार भएकोमा शुक्रबार उनिहरूकाे खाेजिमा खटिएकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटकाे टाेलीले नुवाकाेटकाे चतुरालेमा फेला पारी पक्राउ गरेकाे छ । थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकाे छ ।
प्रकाशित मिति : 16:41









