१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नेपालमाथि नाकाबन्दी लगाउने योजनाकारदेखि कांग्रेस अध्यक्ष गान्धीलाई हराउनेसम्म मोदीको टिममा

१६ जेठ, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रोजाइमा नेपालमाथि नाकाबन्दी लगाउने योजनाकारदेखि कांग्रेस अध्यक्ष गान्धीलाई हराउनेसम्म परेका छन । मोदीले बिहीबार अाफ्नो सपथसँगै नयाँ मन्त्रिमण्डल पनि चयन गरेका छन । जसमा नेपालमाथि नाकाबन्दी लगाउने योजनाकारदेखि कांग्रेस अध्यक्ष गान्धीलाई हराउनेसम्म मोदीको रोजाइमा परेका छन ।

भाजपाकी नेतृ स्मृति इरानी ।

भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गर्ने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्रीकी सपथ लिएकी छन् ।बिहीबार साँझ स्मृतिले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मन्त्रीको सपथ खाएकी हुन् । स्मृतिलगायत मन्त्रीको सपथ लिने सबैलाई अहिले नै कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन् । स्मृतिले कंग्रेसको गढ अमेठीबाट राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गरेकी थिइन् ।

भारतीय नाकाबन्दीको डिजाइनर रहेका एस जयशंकर ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा एस जयशंकर पनि मन्त्री भएका छन् । उनले क्याबिनेट मन्त्रीका रुपमा सपथ लिएका हुन् । जयशंकरलाई नेपालमा लगाएको नाकाबन्दीको डिजाइनर मध्येका एक मानिन्छ । २०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुपूर्व मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले संविधान जारी नगर्न दबाव दिएका थिए ।

मोदीको नयाँ मन्त्रिमण्डल ५८ सदस्यीय भएको छ । क्याबिनेट मन्त्रीका रुपमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, सदानंद गौड़ा, निर्मला सीतारमण, रामविलास पासवान, नरेंद्र सिंह तोमर, रविशंकर प्रसादले मन्त्रीको सपथ लिएका छन्। यसैगरी, हरसीमरत कौर बादल, थावर चंद गहलोत, एस जयशंकर, रमेश पोखरियाल निशंक, अर्जुन मुंडा, स्मृति इरानीले पनि मन्त्रीका रुपमा सपथ लिए।

त्यस्तै डा हर्षवर्धन, प्रकाश जावडेकर, पीयूष गोयल, धर्मेंद्र प्रधान, मुख्तार अब्बास नक़वी, प्रह्लाद जोशी, महेंद्र नाथ पांडे, अरविंद सावंत, गिरिराज सिंह और गजेंद्र शेखावतले मन्त्रीका रुपमा सपथ लिएका हुन्। यसैगरी आजै राज्य मन्त्रीले समेत सपथ लिएका छन्। राज्यमन्त्रीका रुपमा संतोष कुमार गंगवार, राव इंद्रजीत सिंह, श्रीपद नाइक, डा. जितेन्द्र सिंह, किरण रिजिजू, प्रह्लादसिंह पटेल, राजकुमार सिंह, हरदीप सिंह पुरीले शपथ लिएका छन्।

यसैगरी, मनसुख मांडविया, फग्गन सिंह कुलस्ते, अश्वनी कुमार चौबे, अर्जुन राम मेघवाल, जनरल विजय कुमार सिंह, कृष्णपाल गुर्जर, रावसाहेब दानवे, गंगापरम कृष्ण रेडी, पुरुषोत्तम रुपाला, रामदास अठावले, साध्वी निरंजन ज्योति र बाबुल सुप्रियोले राज्यमन्त्रीका रुपमा सपथ लिए।

त्यस्तै डा. संजीव बालियान, सन्जय धोत्रे, अनुराग ठाकुर, सुरेश अंगाडी, नित्यानन्द राय, रत्तन लाल कटारिया, वी मुरलीधरन, रेणुका सिंह सरुता, सोम प्रकाश, रामेश्वर तेली, प्रतापचन्द्र सारंगी, कैलाश चौधरी र देवोश्री चौधरीले समेत राज्यमन्त्रीका रुपमा सपथ लिएका छन्।सपथ लिएका मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छैन। प्रधामन्त्री मोदीले यसका लागि पछि जिम्मेवारी तोक्ने बताइउको छ।

प्रकाशित मिति : May 30, 2019 at 10:55 pm