२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

कुमाल हत्याको आरोपमा १३ जनालाई थुना राख्न जिल्ला अदालतकाे आदेश

१६ जेठ, गाेरखा । जन्ती आएका एक युवकलाई कुटेर मारेको आरोपमा पक्राउ परेका १३ जनालाई जिल्ला अदालत गोरखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।गत वैशाख १८ गते लमजुङको राइनस नगरपालिका–४ का विष्णुबहादुर कुमाललाई कुटपिट गरी मारेको अभियोगमा पक्राउ परेका गोरखाको पालुङटार नगरपालिका–४ कुमालटारका १६ जनामध्ये १३ जनालाई थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला अदालतका स्रेस्तेदार विनोद अधिकारीका अनुसार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले आज तीन जनालाई भने जनही रु एक लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले थुनामा राख्न आदेश दिएकाहरुमा पालुङटार नगरपालिका–४ का सुमन कुमाल, सुशील कुमाल, प्रेमलाल कुमाल, रेशम कुमाल, नारायण श्रेष्ठ, मिलन कुमाल, रामबहादुर कुमाल, खवास मगर, जुनामाया कुमाल, महेश कुमाल, प्रकाश कुमाल, रेशम कुमाल र पूर्ण तामाङलाई थुनामा राख्न आदेश दिएको छ ।

धरौटीमा रिहा गर्न आदेश दिएका पालुङटार नगरपालिका–४ कुमालटारका मङ्गली कुमाल, सिर्जना कुमाल र मीना कुमालसमेत धरौटी बुझाउन नसक्दा थुनामा परेका छन् । गत वैशाख १८ गते लमजुङबाट जन्ती आएका युवाहरुलाई केटी जिस्क्याएको आरोपमा स्थानीय युवाहरुले कुटपिट गर्दा लमजुङ राइनसका ३४ वर्षीय विष्णुबहादुर कुमालको मृत्यु भएको थियो ।रासस

प्रकाशित मिति : May 30, 2019 at 7:52 pm