३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

रंगशालाको बारमा डोजर चलाउने कँडेल कारबाहीमा, नेकपा सदस्यताबाट निलम्वित(विज्ञप्तीसहित)

१६ जेठ, चितवन । चितवनकाे भरतपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई नेकपाबाट निलम्वित गरी कारर्वाही गरिएको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बिहिबार एक विज्ञप्ती जारी गर्दै कँडेललाई पार्टीकाे सदस्यताबाट निलम्वन गरीएसँगै भैरह वास्ताकोटीलाई पनि कारर्वाही गरेको जनाएका छन् ।

यस्ता घटनाबाट विचलित नभै निर्माणको काममा अघि बढ्न नेकपा चितवनले विज्ञप्ती मार्फत फाउण्डेशनलाई आग्रह गरेको छ भने नेकपा चितवनले दोसीउपर कारर्वाही गरी क्षतिपूर्ती उनीहरुबाट नै भराउन पनि माग गरेको छ ।

हेर्नुहोस् नेकपाको विज्ञप्ती

 

प्रकाशित मिति : 13:12