२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आर्सनललाई ४–१ ले पराजित गर्दै युरोपा लिग फुटबलको उपाधि चेल्सीले जित्यो

१६ जेठ, काठमाडाैँ । आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले युरोपा लिग फुटबलको उपाधि उचालेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा  चेल्सीले उपाधि हात पारेको हो । चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरेका थिए । ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार ०७:०३