२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

रुखबाट लडेर सूर्य बहादुरको मृत्यु

२५ चैत, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर आज ४० वर्षीया सुर्य बहादुर चेपाङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कालिका नगरपालिका–८ का चेपाङको रुखबाट दाउरा झार्ने क्रममा लडेर मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका चेपाङको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : April 8, 2018 at 7:13 pm