३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

काठमाडाैँकाे माछापोखरीबाट पैदलयात्रीको २ लाख लुट्दै गर्दा बसन्त परियार पक्राउ

१४ जेठ, काठमाडौँ । काठमाडौँकाे माछापोखरीमा पैदलयात्रीको नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गर्दा एक जना पक्राउ परेका छन् । पाँचथरकाे मिम्लाजुङ गाउँपालिका-७ घर भई हाल काठमाडाैँकाे चाबहिल बस्‍ने पैदलयात्री २३ वर्षिय नगेन्द्र माखिमले झोलामा बोकी राखेको नगद दुई लाख चाेरी गर्दै गर्दा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल टोखा बस्ने २५ वर्षीय बसन्त परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले परियारलाई उक्त नगद लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका परियारमाथि थप अनुसन्धान कार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : 14:26