आमाले गरिन् २२ महिने छोराकाे खुकुरीले घाँटी रेटेर हत्या
१४ जेठ, भाेजपुर । भोजपुरमा आफ्नै आमाले २२ महिने छाेराकाे हत्या गरेकी छिन् । २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको मंगलबार बिहान घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् । बालकका बाबु सूर्यबहादुर थापा कार्यालयको कामले सदरमुकाम वाहिर गएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए । प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 10:43









