३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

स्रोत नखुलेको ३१ लाखसहित काठमाडाैँबाट २ जना पक्राउ

९ जेठ, काठमाडाैँ । महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरले स्रोत नखुलेको ३१ लाखसहित २ जनालाई पक्राउ गरेको छ । बुधबार काठमाडाैँ महानगरपालिका-३१ मा बा.१४ च. ८९५९ नम्बरको सवारी साधनलाई चेकजाँच गर्दा उक्त रकमसहित भक्तपुर जगाती बस्ने ५० बर्षिय राजभाई सञ्जु र सिनामंगल बस्ने झापाका ३३ बर्षिय अभिषेक सावालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीले उनिहरूकाे साथबाट स्रोत नखुलेको नगद ३१ लाख बरामद गरेकाे छ । उनीहरूलाई अनुसन्धानको लागी राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।

प्रकाशित मिति : 18:07