३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

आकाशे पुलबाट हामफालेर पूर्व गोरखा सैनिक कीर्तिमान राईद्वारा आत्महत्या

९ जेठ, काठमाडाैँ । आकाशे पुलबाट हामफालेर पूर्व गोरखा सैनिक कीर्तिमान राईद्वारा आत्महत्या गरेका छन् । बिहीबार बिहान ललितपुरको ग्वार्कोस्थित आकाशे पुलबाट हाम फालेर ताप्लेजुङ हाङताङ गाउँपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्दै आएका वर्ष ६० को राईले आत्महत्या गरेका हुन् ।

पूर्व ब्रिटिस आर्मी रहेका राई गम्भीर घाइते भएपछि उनलाई नजिकैको बीएण्डबी अस्पतालमा उपचारको लागि लगिएको थियो । मानसिक रोगी रहेका राईको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : 17:48